
पर्सा,साउन २२। भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याउन लागिएको करिब रु. १,३३,४४०।– बराबरको किराना तथा कपडा सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–२५ स्थित आई.सी.पी. चोक नजिकबाट भारततर्फबाट लुकाईछिपाई ल्याउँदै गरेको उक्त सामान फेला पारी बरामद गरेको हो।बरामद गरिएका सामग्रीहरू आवश्यक कानूनी प्रक्रियाका लागि बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी कृष्ण सिंह पुजाराले जानकारी दिनुभयो।सशस्त्र प्रहरीको यस प्रकारको निगरानी तथा सक्रियताले सीमा क्षेत्रमा हुने अवैध कारोबार तथा भन्सार छलीजस्ता गैरकानुनी गतिविधिहरूलाई नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।
