काठमाडौं, २३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । कुलिङ अफ पिरियड छानबिन समितिको प्रतिवेदन, भिजिट भिसा प्रकरण, संसदमा पार्टीका सांसदहरूको भूमिका, रूपन्देही–३ को उपनिर्वाचनमा पार्टीको तयारी, उम्मेदवारी, विधान संशोधन प्रस्ताव लगायतबारे छलफल हुने बताइएको छ ।
