नाडा अटो शोमा फोटोन टुनल्यान्डका नयाँ मोडल

काठमाडौं । नाडा अटो शोमा फोटोन टुनल्यान्डले आफ्ना तीन प्रमुख मोडल टुनल्यान्ड भी ९, टुनल्यान्ड जी ७ र ई–टुनल्यान्ड प्रदर्शन गरेको छ।

हाइब्रिड पिकअप भी ९लाई विभिन्न सडक र ड्राइभिङ अवस्थाका लागि उपयुक्त शक्तिशाली मोडलका रूपमा प्रस्तुत गरिएको छ। यसैबीच, नेपाली बजारमा पहिल्यै लोकप्रिय भइसकेको जी ७ आकर्षक डिजाइन र सहज ड्राइभिङ अनुभवका कारण दर्शकहरूको ध्यान खिचिरहेको छ।

पर्यावरणमैत्री प्रविधितर्फ कदम बढाउँदै कम्पनीले इलेक्ट्रिक पिकअप ई–टुनल्यान्ड पनि सार्वजनिक गरेको छ, जसले पावर र पर्फर्मेन्सलाई कायम राख्दै दिगोपनमा जोड दिएको छ।

नेपालमा फोटोनको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्शियलले यी मोडलहरू प्रस्तुत गरेको हो। कम्पनीले बिक्री–पश्चात सेवा र बलियो नेटवर्कमार्फत नेपालमा विश्वस्तरीय उत्पादन उपलब्ध गराउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *