जेनजीको प्रदर्शनका क्रममा गौर कारागारबाट फरार कैदी–बन्दीहरूलाई कारागार फर्कन आग्रह

रौतहट । जेनजीको प्रदर्शनका क्रममा गौर कारागारबाट फरार भएका कैदी–बन्दीहरूलाई कारागार फर्कन तथा कानुनी कारबाहीबाट बच्न प्रहरी र कारागार प्रशासनले आग्रह गरेका छन्।


आइतबार रौतहट जिल्ला प्रहरी कार्यालय र गौरस्थित कारागार कार्यालयले छुट्टाछुट्टै सूचनामार्फत सार्वजनिक अपिल जारी गर्दै फरार कैदी–बन्दीहरूलाई स्वेच्छिक रूपमा आत्मसमर्पण गर्न अनुरोध गरेका हुन्।


सूचनामा उल्लेख गरिएको छ कि स्वेच्छिक रूपमा कारागार फर्किने कैदी–बन्दीहरूलाई कानुनी प्रक्रियाअनुसार उचित व्यवहार गरिनेछ। फरार रहँदा थप कानुनी जटिलता र कडा कारबाही भोग्नुपर्ने चेतावनी पनि दिइएको छ।


प्रहरीले फरार कैदी–बन्दीको खोजी कार्य तीव्र बनाएको जनाएको छ। स्थानीय बासिन्दालाई समेत फरार कैदीहरूको हुलिया र अवस्थाबारे कुनै जानकारी भएमा तुरुन्त नजिकैको प्रहरी निकायलाई खबर गर्न आग्रह गरिएको छ।
गौर कारागारबाट केही कैदी–बन्दी जेनजी आन्दोलनका क्रममा उत्पन्न अराजक परिस्थितिको मौका छोपी भागेका थिए। प्रशासनले स्थिति नियन्त्रणमा लिने कार्य तीव्र रूपमा अघि बढाइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *