बस दुर्घटना : एक जनाको मृत्यु, २० जना घाइते

जनकपुरधाम । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–खैरमारामा आज बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं–खैरमारा चल्ने ना ६ ख १४६३० नम्बरको बस काठमाडौंतर्फ जाँदै गर्दा दुर्घटना भएको हो । दुर्घटनामा स्थानीय करिब ८० वर्षीय चुल्हाइ चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
दुर्घटनापछि बस सडकमा पल्टिएको छ र एक जना यात्रु बसभित्रै च्यापिएका छन् । घाइतेहरूको उद्धारकार्य जारी छ भने गम्भीर घाइतेलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *