लन्डन । वेल्सका युवराज विलियमले आफू राजा बनेपछि बेलायती राजतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने बताएका छन्।
एप्पल टिभी प्लसको शो ‘द रिलक्टेन्ट ट्राभलर’ का लागि अभिनेता युजिन लेभीसँग भएको अन्तर्वार्तामा युवराज विलियमले यस्तो खुला विचार व्यक्त गरेका हुन्। उनले राजतन्त्रलाई समयअनुसार आधुनिक र जनमुखी बनाउने आफ्नो दृष्टिकोण सार्वजनिक गरेका हुन्।
युवराज विलियमका अनुसार राजतन्त्रले जनताको भावना बुझ्न र बदलिँदो समाजका अपेक्षाअनुसार अघि बढ्नुपर्ने आवश्यकता छ। उनका विचारलाई बेलायती मिडिया तथा जनसाधारणले व्यापक रूपमा चासोका साथ हेरिरहेका छन्।
राजा बनेपछि बेलायती राजतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने
