३ दिन आवतजावत नगर्न आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशहरूमा भारी वर्षाको सम्भावना रहेकाले लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरिएको छ।
प्राधिकरणले जारी गरेको सूचनामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका सवारी साधन तथा काठमाडौँ उपत्यकामा भित्रिने र बाहिरिने यातायात आवतजावत असोज १८, १९ र २० गतेका लागि पूर्ण रूपमा बन्द गरिने उल्लेख गरिएको छ।
सूचनामा भनिएको छ, “भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान तथा त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सावधानीपूर्वक यो निर्णय गरिएको हो।”
सरकारले यात्रुहरूलाई अत्यावश्यक बाहेकका यात्रा नगर्न र मौसम तथा यातायात सम्बन्धी आधिकारिक सूचनाहरू नियमित रूपमा पालना गर्न अनुरोध गरेको छ।
यस निर्णयले दशैं यात्रामा निस्किएका यात्रुहरूलाई असर पर्ने अनुमान गरिएको छ। अधिकारीहरूले जनताको सुरक्षालाई प्राथमिकता दिँदै वैकल्पिक व्यवस्थाका लागि समन्वय भइरहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *