धादिङमा पहिरो, २५० भन्दा बढी सवारी साधन काठमाडौं फर्काइए


काठमाडौँ । धादिङ जिल्लामा आज बिहानदेखि निरन्तर वर्षापछि नागढुङ्गा–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेका कारण यातायात आवागमन अवरुद्ध भएको छ । पहिरो तत्काल हटाउन नसक्ने अवस्था देखिएपछि २५० भन्दा बढी सवारी साधनलाई काठमाडौँ फर्काइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले राससलाई जानकारी दिए


उनका अनुसार सडकमा पहिरो खसेपछि यात्रुहरूलाई सुरक्षाका लागि सडक खण्डमा यात्रा नगर्न ट्राफिक प्रहरीले ‘माइकिङ’ गर्दै सूचना दिएको छ । उनले आवश्यक सहयोग र वैकल्पिक मार्ग प्रयोग गर्न चालक तथा यात्रुहरूलाई अनुरोध समेत गरेका छन् ।
हाल पहिरो पन्छाउने कार्य भइरहेको भए पनि अझै केही समय सडक अवरुद्ध रहने अनुमान गरिएको छ । लगातारको वर्षाले थप पहिरो खस्ने जोखिम समेत रहेको अधिकारीले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *