काठमाडौं । खराब मौसमका कारण हिजो पूर्ण रूपमा ठप्प रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान आजदेखि पुनः सञ्चालनमा आएको छ। मौसममा सुधार आएपछि बिहानैदेखि विमानस्थलमा उडान गतिविधि सुरु भएको हो।
आज बिहान बुद्ध एयरले दुई आन्तरिक गन्तव्य — नेपालगन्ज र भद्रपुर — मा सफलतापूर्वक उडान सम्पन्न गरेको विमानस्थल कार्यालयले जनाएको छ।
यद्यपि, केही उडानहरू भने अझै पनि डिले भएका छन्। मौसम पूर्ण रूपमा स्थिर नभएकाले उडान तालिकामा फेरबदल भइरहेको अधिकारीहरूले बताएका छन्।
हिजो उडान स्थगित हुँदा सयौँ यात्रुहरू विमानस्थलमा अलपत्र परेका थिए। आन्तरिक उडान नहुँदा धेरैले आफ्नो यात्रा स्थगित गर्नुपरेको थियो।
विमानस्थलले यात्रुहरूलाई धैर्य धारण गर्न र उडान स्थिति सम्बन्धी जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्कमा रहन आग्रह गरेको छ।
खराब मौसमपछि त्रिभुवन विमानस्थलमा आन्तरिक उडान पुनः सुरु
