फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो : गोकुल बाँस्कोटा

काठमाडौँ । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले नेपालको वामपन्थी शक्तिबिच हुने गरेको एकताको प्रयासलाई ‘वाहियात’ भनेर टिप्पणी गरेका छन्। उनले फुटेपछि मात्र एकताको आवश्यकता सम्झनु गलत प्रवृत्ति रहेको भन्दै नेपाली वामपन्थीहरू यही प्रवृत्तिबाट ग्रसित भएको बताएका हुन्।

बाँस्कोटाले सामाजिक सञ्जालमा लेख्दै वामपन्थी दलहरूलाई नमिलेर पनि मिसिने ‘हिन्द र प्रशान्त महासागर’ जस्तो प्रवृत्ति भएको उल्लेख गरेका छन्। यसको कारण उनले गहिराइको चाप र नेतृत्वको रापलाई मानेका छन्। उनले फुटभन्दा जुट राम्रो हुने भए पनि एकताको नाममा ‘ढोक्सामा परेको माछो’ जस्तो हुनु नहुने बताएका छन्, जसलाई अर्कोले तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुनेछ।

यस्तो छ उनको भनाई : 
फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो ।तर नेपालका वामपन्थी त्यै प्रवृत्तिबाट अभिशप्त छन्।मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासगर जस्ता।कारण-गहिराइको चाप र  नेतृत्वको राप।फुट भन्दा जुट राम्रो तर ढोक्सामा परेको माछी नहुनु अर्कोले  तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *