आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । आइएमई लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारण सभा मंगलबार काठमाडौँमा सम्पन्न गरेको छ। कम्पनीका संस्थापक तथा अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सम्पन्न सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मत रूपमा पारित गरिएको छ।

सभामा अध्यक्ष ढकालले आइएमई लिमिटेड रेमिटेन्स सेवा क्षेत्रमा अग्रणी र सर्वाधिक लोकप्रिय ब्रान्डको रूपमा स्थापित भएको उल्लेख गर्दै सम्बद्ध सबैमा धन्यवाद ज्ञापन गरे। उनले कम्पनीले आगामी वर्षहरूमा व्यवसायिक दायरा विस्तार गर्दै नयाँ प्रविधि र रणनीतिका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

ढकालका अनुसार, आइएमईले प्रविधिको अधिकतम सदुपयोग गर्दै रेमिटेन्स सेवाको विस्तार र विविधीकरणमार्फत ‘कम्प्लिट फाइनान्सियल सोलुसन’ प्रदान गर्ने लक्ष्य लिएको छ।

सभामा संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आइएमईको २५ वर्षे यात्रा नागरिक जीवनस्तर सुधार र उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए। उनले आइएमईलाई सर्वाधिक लोकप्रिय ब्रान्डको रूपमा स्थापित हुनु कम्पनीको गौरवपूर्ण उपलब्धि भएको उल्लेख गरे।

त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले वित्तीय प्रविधिको अधिकतम उपयोगमार्फत रेमिटेन्स सेवालाई अझ सरल, सुरक्षित र सहज बनाउँदै लैजाने योजनाको जानकारी दिए। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आइएमईको पहिचानलाई थप उचाइमा पुर्‍याउने विश्वास पनि व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *