वन मुद्दाका फरार प्रतिवादी पक्राउ

उदयपुर । वन मुद्दामा एकजना फरार प्रतिवादी पक्राउ परेका छन् । कटारी नगरपालिका-१ खसिबास बस्ने ७० वर्षीय धक्कुसिंह राईलाई इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनको घरबाटै पक्राउ गरेको हो।

उदयपुर जिल्ला अदालतको फैसलाले धक्कुसिंह राईलाई १२ दिन कैद र रु. १ लाख ५३ हजार ६९२ रुपैयाँ जरिवाना तोकिएको थियो। पक्राउ परेका राईलाई फैसला कार्यान्वयनका लागि मंसिर २८ गते अदालत बुझाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *