सुनको मूल्यमा फेरि रेकर्ड, एकैदिन प्रतितोला ५५ सय रुपैयाँ वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्यमा मंगलबार पुनः उच्च बिन्दुमा पुगेको छ ।  मंगलबार (पुस ८) एकैदिन प्रतितोला ५५ सय रुपैयाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ६७ हजार २०० रुपैयाँ पुगेको हो ।  सोमबार २ लाख ६१ हजार ७०० मा कारोबार भएको थियो । 
 
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार चार हजार २३५ रहेको प्रतितोला चाँदी २० रुपैयाँ बढ्ेर चार हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *