बालेन आफ्नै दल बनाएर चुनावमा जाने तयारीमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल गठन गरी चुनावी मैदानमा उत्रिने तयारी थालेका छन्।

रास्वपा सभापति रवि लामिछानेसँग लामो छलफल भए पनि ठोस सहमति नजुटेपछि बालेनले स्वतन्त्र राजनीतिक धार निर्माण गर्ने निर्णयतर्फ अघि बढेको उनी निकट स्रोतले जनाएको छ। यसक्रममा विभिन्न दलका लोकप्रिय युवा नेता, सामाजिक अभियन्ता, उद्यमी र सामाजिक सञ्जालमा चर्चित अनुहारहरूसँग संवाद भइरहेको छ।

बालेनको टोलीले समानुपातिकतर्फका सम्भावित उम्मेदवारको सूची तयार गर्ने काम पनि अघि बढाएको छ। विभिन्न क्षेत्रका स्थापित व्यक्तिहरूसँग छलफल जारी रहेको र नयाँ दलमार्फत देशव्यापी प्रभाव पार्ने रणनीति बनाइँदैछ।

उनको टिममा केही पूर्व रास्वपा नेता तथा स्वतन्त्र धारका व्यक्तिहरू पनि समेटिने बताइएको छ। बालेन नेतृत्वको नयाँ दल चुनावी राजनीतिमा बलियो विकल्प बन्ने आँकलन उनका समर्थकहरूको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *