राष्ट्रियसभा निर्वाचन : कांग्रेस, एमाले र जसपा नेपालबीच तालमेल, नेकपा बाहिरियो

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच तालमेल हुने भएको छ ।

नेपाली कमयुनिष्ट पार्टी (नेकपा)सहित तालमेल गर्ने प्रयास भए पनि मिल्न नसकेको कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए ।

लेखकका अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट लिने सहमति बनेको छ । जसपाबाट महन्थ ठाकुर उम्मेदवार बन्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *