पार्टी प्रवेश गरेकै दिन जसले पाए एमालेको टिकट

बुटवल । वीरेन्द्र कुमार कनौडियाले एमालेमा प्रवेश गरेकै दिन प्रतिनिधिसभा सदस्यको लागि पार्टीबाट टिकट पाएका छन् । कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ बाट एकल नाम सिफारिसमा परेका उनी शनिबार मात्र एमाले प्रवेश गरेका थिए ।

कांग्रेसमा किचलो रहेको भन्दै उनी एमाले प्रवेश गरेका थिए । सो दिन साँझ उनलाई एमालेले कपिलवस्तु क्षेत्र नम्बर ३ मा टिकट दिएको हो ।

पार्टी प्रवेशपछि उनले कांग्रेस जिल्लाको किचलोमा फस्नु भन्दा एमाले मै रहन उचित लागकोले पार्टी प्रवेश गरेको प्रतिक्रिया दिएका थिए ।  कनौडिया यसअघि प्रदेश सभामा कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलको नेतासमेत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *