सुनसरीका चार वटै निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवारको लाग्यो टुंगो

विराटनगर । नेपाली कांग्रेसले सुनसरीका चार वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । सुनसरी क्षेत्र नं. १ मा क्षेत्रीय सभापति सुजेन्द्र तामाङ उम्मेदवर बनेका छन् ।

तामाङ कांग्रेसका नेता शेखर कोइराला निकट रहेकोमा विशेष महाधिवेशनका क्रममा गगन थापा पक्षमा खुलेका थिए। क्षेत्रबाट उनको नाम सिफारिस नभएको भएपनि टिकट पाएका हुन् ।

क्षेत्र नं. २ मा कांग्रेसले राजीव कोइरालालाई उम्मेदवार बनाएको छ । २०७४ मा कोसी प्रदेश संसदीय दलको नेता भएका कोइराला २०७९ को प्रदेश सभा निर्वाचनमा २ (२) मा पराजित भएका थिए । शेखर कोइराला समूहका उनी काँग्रेसका निवर्तमान केन्द्रीय सदस्य हुन् ।

सुनसरी क्षेत्र नंं. ३ मा दुहबी नगरपालिकाका प्रमुख बेद गच्छदारलाई कांग्रेसले उम्मेदवार बनाएको छ । सो क्षेत्रबाट विजयकुमार गच्छदारले सातौँ पटक उम्मेदवार हुने इच्छा व्यक्त गरेको भएपनि कांग्रेसले बेदलाई टिकट दिएको हो ।

बेद दुहबी नगरपालिकामा करिब दोस्रो कार्यकालको लागि प्रमुख छन् । सो क्षेत्रबाट नेकपा एमालेले भगजती चौधरीलाई पुनः उम्मेदवार बनाएको छ । चौधरीले अघिल्लो निर्वाचनमा बिजय गच्छदारलाई पराजित गरेकी थिइन् ।

सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीले टिकट पाएका छन् । सो क्षेत्रबाट उनी अघिल्लो निर्वाचनमा विजयी भएका थिए । उनी शेरबहादुर देउवा पक्षका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *