लागू औषध मुद्दा अन्यत्र मोड्ने प्रयास ? कर छलीदेखि लागुऔषध कारोबारसम्म कुन्दन सिंहको समूह

काठमाडौँ । सिडियो, प्रहरी र कर्मचारीको मिलेमतोमा कुन्दन सिह १ रात हिरासतमा बसेर हाजिरी जवानिमा छुटेका छन । । लागू औषध बरामद भएको एक गम्भीर घटनाको अनुसन्धान अन्यत्र मोडिएको आरोपसँगै कुन्दन सिंह पुनः विवादको केन्द्रमा आएका छन्। पुस ११ गते लागू औषध नियन्त्रण ब्युरोले बल्खुस्थित ‘राज एण्ड रिवार्ज सप्लायर्स’बाट तराजुसहित लागू औषध बरामद गरे पनि, उक्त अफिससँग नाम जोडिएका कुन्दन सिंह भने हाजिरी जमानीमै छुटेका छन्।


मुख्य आरोपीलाई हिरासतमा नलिई अन्य व्यक्तिलाई पक्राउ–छोड गर्ने क्रम चलेको भन्दै अनुसन्धानमाथि प्रश्न उठेको छ। प्रमाण नपाइ रिकेश शाहीमाथि लागू औषध होइन, सामान्य अभद्र व्यवहारको मुद्दा मात्र दर्ता हुनुले समेत आशंका बढाएको छ।


यसैबीच, कुन्दन सिंह कर छली र ठेक्का हेराफेरी प्रकरणसँग पनि जोडिएका छन्। काठमाडौँ महानगरपालिकाको कवाडी कर संकलन ठेक्कामा मारुती ढुवानी सेवाका प्रोपाइटर दिपेश अग्रवालसँग उनको व्यावसायिक साझेदारी रहेको स्रोतको दाबी छ। नागर्जुन क्षेत्रको कवाडी कर ठेक्कामा कुन्दन सिंह निःशुल्क साझेदार रहेको खुलेको छ।


कर दर दोब्बर पारेर पनि राज्यको राजस्व नबढ्नु, करोडौँ बक्यौता हुँदासमेत बैंक ग्यारेन्टी क्लेम नहुनु र नियमन निकायको मौनताले यो प्रकरणलाई ‘संगठित भ्रष्टाचार’को नमुनाका रूपमा हेरिएको छ।


कर छलीदेखि लागू औषध कारोबारसम्म एउटै पात्र बारम्बार विवादमा आउनुले निष्पक्ष छानबिन र कडा कारबाहीको माग थप चर्किएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *