झण्डा जलाएको विरोधमा युवा संघले देशभर राँके जुलुस निकाल्दै

काठमाडौं । एमालेको झण्डा जलाएको विरोधमा युवा संघले देशभर राँके जुलुस निकाल्ने भएको छ । संघका अध्यक्ष महाराज गुरूङका अनुसार एमालेमाथि ठाडो प्रहार सुरू भएको हुँदा त्यसको प्रतिकारका लागि देशभरका युवा संघका नेता–कार्यकर्ता प्रतिकारका लागि तयारी भएका हुन् ।

उनले चुनावको मुखमा रास्वपाले मुठभेडको अवस्था सिर्जना गर्न खोजिएको बताए । उनले आज एमालेको झन्डा जलाएर सिंगो पार्टीपंक्ति प्रति गरिएको अपमानको प्रतिरोध गर्न साँझ देशभर राँके जुलुस निकाल्ने तयारी भएको बताए ।

’हामी चुनाव शान्तिपूर्ण तवरमा सम्पन्न होस भनेर लागिरहेका थियौँ’, गुरुङले भने, ’दाङमा रास्वपाको गतिविधि अशोभाविक र चुनाव बिथोल्न उद्यत भएको देखियो । हामी त्यसको शसक्त प्रतिकार गर्छौं ।’

उनले आफू कुनै पनि अराजक गतिविधि नगर्ने तर, पार्टी हित विपरीत गतिविधि गर्नेसामू प्रतिरक्षा गर्ने नीति अनुरूप नै कार्यक्रमको तयारी भइरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *