देशको नेतृत्व अब गगन थापाले गर्छन् : उपसभापति भुसाल

ललितपुर । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टी पूर्णरूपमा बदलिएर नयाँ परिवेशमा आएको र देशको नेतृत्व अब सभापति गगन थापाले गर्ने बताएकी छन् ।

नमुना महिला सञ्जाल गोदावरी नगरपालिकाले सोमबार आयोजना गरेको निर्वाचन लक्षित महिला भेलामा उपसभापति भुसालले विशेष महाधिवेशनले कांग्रेसलाई नयाँ ऊर्जा दिएको बताइन् ।

उनले राष्ट्रको समृद्धिको उच्च मार्गचित्र कांग्रेसले घोषणापत्रमा समेटेको बताइन् । ‘राष्ट्रको समृद्धिको स्पष्ट मार्गचित्र पार्टीको घोषणापत्रमा उल्लेख गरिएको छ । बिना एजेन्डा केवल भ्रम छर्न चुनावमा आउनेहरूलाई जनताले यस पटक मत दिँदैनन्,’ उपसभापति भुसालले भनिन्, ‘​राष्ट्रको मुहार फेर्ने सङ्कल्प कांग्रेसले लिएको छ ।

कांग्रेसलाई देशको सबैभन्दा ठुलो पार्टी बनाउन र चुनावी नतिजा आफ्नो पक्षमा पार्न अहोरात्र खटिनुस् ।’ ललितपुर–१ को समग्र विकास, सुशासन र नागरिकको भविष्यको ग्यारेन्टी गर्न कांग्रेस उम्मेदवार उदय शमशेर राणालाई जिताउन भुसालले आग्रह गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *