काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीविरूद्व भइरहेका गतिविधिप्रति आपत्ति प्रकट गरेका छन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य संवेदनशील रहेका बेलामा नेतृत्व परिवर्तनको कुरा उठाइएको भन्दै असन्तुष्टि प्रकट गरेका हुन् ।
उनले भने, ‘अपरेशन पछि पनि निमोनिया र इन्फेक्सनसँग जुधिरहनुभएको संवेदनशील स्वास्थ्य अवस्थामा हुनुहुन्थ्यो। यस्तो बेला पार्टीले नेतृत्वको रक्षा गर्दै सशक्त प्रतिरोधी आन्दोलन गर्नुपर्ने अवस्थामा अध्यक्ष फेर्ने कुरा उठाउनु गैरजिम्मेवार र अपराधिक मानसिकता हो भन्ने मेरो स्पष्ट धारणा हो,’।
बस्नेतले आफूले सचिवालय बैठकमा पेश गरेको २४ बुँदामध्ये दुई बुँदालाई लिएर गलत ढंगले प्रचार गर्न खोजिएको भन्दै आपत्ति पनि प्रकट गरे । अध्यक्ष ओलीलाई प्रधानमन्त्री बालेन र तत्कालीन गृहमन्त्री सुदनले सपथ खाएको २४ घण्टा नबित्दै गिरफ्तार गरेको र कुनै आरोप पुष्टि गर्न नसकेपछि अदालतले १३ दिनपछि रिहा ग¥यो बस्नेतले बताएका छन् ।
सोही समयमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका रामबहादुर थापा ‘बादल’ संसदमा दिएको अभिव्यक्तिलाई सच्याउने पार्टीको निर्णयको पनि उनले आलोचना गरे।
