आयल निगमका कर्मचारीको ओभरटाइम भत्तामा कटौती

काठमाडौँ : सरकारले नेपाल आयल निगमका कर्मचारीले पाउँदै आएको ओभरटाइम भत्तामा कटौती गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि तयार गरिएको ‘नेपाल आयल निगम लिमिटेड कर्मचारी प्रशासन (अठारौँ संशोधन) विनियमावली, २०८३’ मार्फत नयाँ व्यवस्था लागू गरिएको हो।

नयाँ व्यवस्थाअनुसार २४सै घण्टा सञ्चालन हुने तथा हवाई इन्धन डिस्पेन्सर, इन्धन डिपो र पाइपलाइनजस्ता प्राविधिक क्षेत्रमा प्रत्यक्ष खटिने कर्मचारीले मात्र अतिरिक्त समय काम गरेबापत ओभरटाइम भत्ता पाउनेछन्। अन्य प्रशासनिक तथा गैरप्राविधिक कर्मचारीलाई भने ओभरटाइम भत्ता नदिइने व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *