गणेश नेपालीको घटनामा मौनता किन? : वासना थापा

काठमाडौँ : नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले गणेश नेपालीको आत्मदाह प्रकरणमा प्रधानमन्त्री बालेन शाहलाई काठमाडौंको मेयर हुँदा लेखेको फेसबुक स्टाटसको स्मरण गराएकी छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक वासना थापाले आफैँ सत्तामा हुँदा त्यही प्रश्नको जवाफ दिनबाट भागेको बताइन् ।

‘प्रेम आचार्यले नयाँ बानेश्वर संसद् भवन अगाडि आत्मदाह गर्दा काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले लेख्नुभएको स्टाटस आज पनि सम्झिनुभएको छ कि बिर्सिनुभयो प्रधानमन्त्री ज्यु ? हिजोको घटनामा तपाईँको मौनता किन? विपक्षमा हुँदा राज्यको सफलता माथि कठोर प्रश्न उठाउने तपाईँ आज स्वयं सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाफ दिनबाट किन टाढा हुनुहुन्छ ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *