गृहमन्त्री मृतक परिवार भेटन लागे सिरहातर्फ

विराटनगर। गृहमन्त्री सुधन गुरुङ सिरहा तर्फ प्रस्थान गरेका छन। हिजो रातभर देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको परिवारसँग भेटघाट गरेर राती ७ बुँदे सहमति गरेका गुरूङ आज दिउसो भने सिरहा प्रस्थान गरेका हुन् । रातभरी धपेडी र निंन्द्राका कारण बिहान साढे ६ बजे प्रदेश प्रहरी कार्यालय, कोशी फर्केका थिए ।

हिजोको सहमति पछि आज शव बुझ्ने सहमति जनाए पनि सिरहा घटनाका मृतकको परिवारसँग पनि गृहमन्त्रीले सहमति गर्नुपर्ने अडानमा रहेका छन । प्रदेश प्रहरी कार्यालय कोशीका प्रहरी उपरीक्षक सुमन तिम्सनाले गृहमन्त्री गुरूङले अब सिरहाका मृतकका परिवारसँग भेटघाट गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *