सरकार नियम कानुन लत्त्याएर स्वेच्छाचारी शासन व्यवस्थातिर उन्मुख छ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकार स्वेच्छाचारी शासनतर्फ उन्मुख भएको आरोप लगाएका छन् । पार्टीका प्रदेश कमिटीका पदाधिकारी र मिसन पार्टी जागरणका केन्द्रीय प्रतिनिधिहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सरकार नियम कानुन लत्त्याएर स्वेच्छाचारी शासन व्यवस्थातिर उन्मुख भएको बताएका हुन् ।

सरकार सुरूदेखि पूर्वाग्रह र प्रतिशोधपूर्ण ढङ्गले अगाडि बढेको उनको भनाइ छ । उनले भने, ‘सरकार सुरूदेखि पूर्वाग्रह र प्रतिशोधपूर्ण ढङ्गले अगाडि बढेको छ । यतिबेला नियम कानुन लत्त्याएर स्वेच्छाचारी शासन व्यवस्थातिर उन्मुख छ ।’

यस्तै उनले आन्दोलनमा जानुपर्ने हुनसक्ने भन्दै तयार रहन पनि निर्देशन दिए । सरकारका कारण देश संकटको अवस्थामा गुज्रिरहेको महासचिवले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *