काठमाडौं । गृहमन्त्री सुधन गुरुङले माफी मागेका छन् । राष्ट्रियसभा बैठकमा प्रश्नको जवाफ दिने क्रममा आफ्नो भाषा ठाडो हुन पुगेको भन्दै उनले माफी मागेका हुन्। बैठकमा सांसदलाई गृहमन्त्रीलाई निर्मला पन्त हत्या प्रकरणबारे जवाफ मागेका थिए ।
जवाफमा गृहमन्त्रीले यसमा आफूले जवाफ नदिने र शुक्ष्म अनुसन्धान भइरहेको जवाफ दिएका थिए । जसमा उनको जवाफको आलोचना भएको थियो ।
‘हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ । सिक्दै जानेछौं । मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो,’ सांसदहरूलाई सम्बोधन गर्दै उनले भने, ‘यसका लागि म क्षमाप्राथी पनि छु ।
हजुरहरूलाई माफी पनि माग्न चाहन्छु । विपद् व्यवस्थापन विषयमा हामी छलफल गर्दै थियौं । तर विषयकेन्द्रित नभएर विपद् व्यवस्थापनमा निर्मला पन्त हत्याकाण्ड जोडियो । किन यसरी घुमाइन्छ ? मलाई यो अचम्म लाइराछ । निर्मला पन्त हत्याकाण्ड र मनसुनजन्य विपद् व्यवस्थापनको सम्बन्ध के रु यसमा विषयकेन्द्रित हुनुपर्ला माननीय ज्यू ।’
