बालेन सरकारको गरिबमारा गलत नीतिका कारण १२ जनाको ज्यान गयो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले बालेन सरकारको गलत नीतिका कारण सरकार बनेको चार महिनामै १२ जनाको ज्यान गएको बताएका छन् ।

मध्यपुरथिमिको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको होल्डिङ सेन्टरमा झुण्डिएको अवस्थामा सुकुमबासी बाराको सुवर्ण गाउँपालिका–२ का ५७ वर्षीय हिरालाल पासवानको शव फेला परेपछि आक्रोश पोख्दै सचिव बस्नेतले सरकारको गरिबमारा नीतिका कारण १२ जनाको ज्यान गइसकेको उल्लेख गरेका हुन् ।

यस घटनाले होल्डिङ सेन्टरको व्यवस्थापन, सुरक्षा र त्यहाँ रहेका व्यक्तिहरूको मानव अधिकार अवस्थामाथि गम्भीर प्रश्न उठाएको बस्नेतको भनाइ छ । यस्तै सचिव बस्नेतले घटनाको तत्काल छानबिन गरी दोषीमाथि कारबाही र आवश्यक सुधार गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *