म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ : शेरबहादुर देउवा

काठमाडौं । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको बताएका छन् । आज काठमाडौं ओर्लिएलगत्तै अपिल जारी गर्दै देउवाले राष्ट्रिय एकता कायम गर्न आफू फर्किएको बताएका हुन् ।

‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ,’ देउवाको भनाइ छ, ‘०३३ सालमा बिपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको थियो।

मलाई लाग्छ फेरि ४७ वर्षपछि हाम्रो राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको छ।’ उनले विगतका विभाजन र विद्वेषका सबै घाउहरु निको पार्न पनि आह्वान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *