रास्वपा नेता पाँडे अनुसन्धान लागि थप ४ दिन हिरासतमा

काठमाडौँ : सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको अभियोगमा थप अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई चार दिनको म्याद थप भएको छ। एक महिलाले दिएको उजुरीपछि पाँडे बुधबार नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित भएका थिए ।

म्याद थपका लागि जिल्ला अदालत लगेर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत थप अनुसन्धानको लागि ४ दिन म्याद थप गरिएको ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए । पाँडे रास्वपा सरकारमा सहभागी भएका बेला राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *