काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण कोशी र बागमती प्रदेशका विभिन्न स्थानमा मुख्य राजमार्गहरू आवागमनका लागि अवरुद्ध भएका छन्। राजमार्ग अवरुद्ध भएपछि स्थानीय बासिन्दा तथा यात्रुहरू समस्या मा परेका छन्।
नेपाल प्रहरीले आज बिहान ७ बजे सम्मको अवस्थाबारे दिएको जानकारीअनुसार, संखुवासभाको भोटखोला गाउँपालिका–४, बरुणमा निरन्तर वर्षाका कारण कोशी राजमार्ग अझै खुल्न सकेको छैन। सो क्षेत्रमा ठूला पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको र डोजर तथा एक्साभेटर परिचालन गरी पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, संखुवासभाको मकालु गाउँपालिका–३, एकुवामा पनि लामो समयदेखि अवरुद्ध कोशी राजमार्ग सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ। लगातारको वर्षाका कारण सडक मर्मत र सफाइ कार्यमा कठिनाइ भइरहेको छ।
बागमती प्रदेशका पहाडी भागमा पनि विभिन्न स्थानमा साना–ठूला पहिरो खसेपछि आवागमन प्रभावित भएको र सम्बन्धित निकायहरूले सडक सञ्चालनका लागि प्रयास तीव्र पारेका छन्। प्रहरीले यात्रुहरूलाई आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न तथा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।
आज कुन कुन सडक अबरुद्ध
