काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई विस्तारित ऋण सुविधा (ईसीएफ) स्वीकृत गरेको छ । आईएमएफको कार्यकारी बोर्डले नेपालमा ईसीएफ कार्यक्रम अन्तर्गत छैटौं समीक्षा सम्पन्न गर्दै विस्तारित ऋण सुविधा स्वीकृत गरेको हो ।
यस निर्णयसँगै नेपालले आर्थिक सुधार र स्थायित्वका लागि थप वित्तीय सहयोग पाउने भएको छ । आईएमएफले अघिल्ला चरणहरूमा नेपालले सुधारका क्षेत्रमा प्रगति गरेको उल्लेख गर्दै सहयोग जारी राख्ने निर्णय गरेको हो ।
विस्तारित ऋण सुविधा स्वीकृत भएपछि नेपालको वैदेशिक मुद्रा सञ्चिति सुदृढ हुने र बजेटीय व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
