२७ गते विशेष महाधिवेशनको उद्घाटनमा गगन थापाले दिए निम्तो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस २७ गते विशेष महाधिवेशन हुने दावी गर्दै उद्घाटनमा सहभागिताका लागि निम्तो दिएका छन् ।

आज बुद्धिजीवीहरूसँगको छलफलमा महामन्त्री थापाले उद्घाटन समारोहमा सहभागिताका लागि निम्तो दिएका हुन् । उनका अनुसार २७ गते बिहान ११ बजे विशेष महाधिवेशन उद्घाटन हुनेछ ।

पार्टीमा विवादकै बीच विशेष महाधिवेशन पक्षधर विशेष महाधिवेशनको प्रक्रियामा अगाडि बढेका छन् । महाधिवेशनको कार्यतालिका समेत सार्वजनिक भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *