काँग्रेसको विवाद : विश्वप्रकाशले पठाए नयाँ आठ बुँदे प्रस्ताव, संस्थापन पक्ष छलफलमा

काठमाडौं । नेपाली काँग्रेस फुटको मुखमा पुगेको अड्कल भइरहँदा महामन्त्री विश्वप्रकाश शर्माले संस्थापन पक्षलाई नयाँ आठ बुँदे प्रस्ताव पठाएका छन् । नयाँ प्रस्ताव आएपछि अहिले संस्थापन पक्ष छलफलमा छ ।

शर्माको प्रस्तावमा सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिकबाट बाहिरिनुपर्ने, विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने, आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने, आगामी प्रतिनिधि सभाको निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन गर्न नहुने माग गरिएको छ ।

यसैगरी आगामी चुनावमा टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने, निर्वाचन केन्द्रित हुनका लागि पाँच सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने, आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि वितरण हुने टिकटमा सभापति देउवाले हस्ताक्षर गर्न नपाउने र विशेष महाधिवेशनमा पेश भएका प्रतिवेदनहरूलाई कांग्रेसको पूँजीका रुपमा ग्रहण गर्नुपर्ने माग गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *