ओलीलाई समवेदना दिन पुगे माधव नेपाल

काठमाडौँ : नेकपा सहसंयोजक पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर समवेदना प्रकट गरेका छन् । अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको निधनपछि शोकमा रहेका ओलीलाई भेट्न नेपाल शनिबार गुन्डुस्थित ओली निवास पुगेका हुन् ।

भेटका क्रममा अध्यक्ष नेपालले दिवंगत ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। केही समयदेखि राजनीतिक रूपमा संवादहीनताको अवस्थामा रहेका दुई नेताबीचको शोकको समयमा भेट भएको हो ।

अध्यक्ष नेपालले सामाजिक सञ्जालमार्फत आफू स्वयं उपस्थित भएर श्रद्धाञ्जली तथा समवेदना प्रकट गरेको जानकारी दिएका हुन् । एमाले अध्यक्ष ओलीका पिता मोहनप्रसादको केही दिनअघि उपचारका क्रममा निधन भएको थियो । शोकको यस घडीमा विभिन्न राजनीतिक दलका नेताहरू ओली निवास पुगेर समवेदना दिने क्रम जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *