संसदीय राजनीतिबाट सन्न्यास लिने सिके राउतको घोषणा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदीय राजनीतिबाट सन्न्यास लिने घोषणा गरेका छन्। उनले आफ्नो व्यक्तिगत इच्छा नभए पनि पार्टीको आवश्यकताका कारण अघिल्ला दुई निर्वाचनमा उम्मेदवारी दिएको उल्लेख गर्दै संसदीय राजनीतिबाट सन्यास लिएको बताएका हुन् ।

यसपटक सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका राउत रामजी यादवसँग पराजित भएका थिए। राउतले अब संसदको प्रतिस्पर्धाबाट टाढा रहने तर पार्टी नेतृत्व र राजनीतिक अभियान भने जारी राख्ने बताएका छन्। उनले आगामी स्थानीय र प्रदेश चुनावलाई केन्द्रित गर्दै पार्टीलाई बलियो बनाउने योजनामा आफू सक्रिय रहने पनि बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *