साफ यू–२० च्याम्पियनसिप : सेमिफाइनलमा बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं । नेपालले साफ यूू–२० च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशसँग भिड्दै छ । खेलमा दुवै टोली फाइनलमा स्थान बनाउन जित हासिल गर्ने लक्ष्यमा हुनेछन् ।

साफ यू–२० च्याम्पियनमा नेपाल र बंगलादेशले चौथोपटक प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि नेपालले सन् २०२२ मा सम्पन्न प्रतियोगिताको पहिलो संस्करणमा बंगलादेशको सामना गर्दा १–० को हार व्यहोरेको थियो । सन् २०२४ मा सम्पन्न फाइनलमा बंगलादेशसँग खेल्दा नेपालले ४–१ को हार व्यहोरेको थियो ।

त्यसअघि समूह चरणमै भएको खेलमा भने बंगलादेश नेपालसँग २–१ ले पराजित भएको थियो । यी दुईबीचको खेल मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाली समयअनुसार साँझ ५ः३० बजे हुनेछ । नेपालले समूह ‘ए’ को विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।

समूह चरणमा नेपालले तीन खेल खेल्दा शतप्रतिशत जित निकाल्दै नौ अंक जोडेको थियो । अपराजित रहेको नेपालले भुटानलाई २–१, श्रीलंकालाई १–० र माल्दिभ्ससँग १–१ को बराबरी गरेको थियो ।

बंगलादेशले भने समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको हो । बंगलादेशले समूह चरणमा दुई खेल खेल्दा समान एक जित र हासिल व्यहो¥यो । बंगलादेशले पाकिस्तानलाई २–० ले पराजित गर्दा भारतसँग १–१ को बराबरी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *