‘विकास’ र ‘व्यवस्थापन’का नाममा राज्यले नै गरिबको बास खोस्यो : शिवाकोटी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सुकुम्बासी विस्थापनको विषयमा सरकारको आलोचना गरेका छन् ।

सामाजिक सञ्जालमार्फत व्यक्त विचारमा उनले काठमाडौंमा सुकुम्बासीहरू हटाइँदा देखिएका दृश्यहरूले बसाइ उपन्यास पढ्दाको पीडा सम्झाएको बताए । ‘समय बदलियो तर पीडाको स्वरूप उस्तै छ,’ उनले लेखेका छन् ।

उनका अनुसार विगतमा सामन्ती संरचनाले गरिब र भूमिहीनलाई विस्थापित गर्ने अवस्था थियो भने अहिले ‘विकास’ र ‘व्यवस्थापन’का नाममा राज्यले नै गरिबको बास खोसिरहेको आरोप लगाएका छन् ।

शिवाकोटीले यो विषयलाई केवल कानुनी प्रश्नका रूपमा मात्र नहेर्न आग्रह गर्दै मानवीय न्याय र करुणासँग जोडिएको मुद्दा भएको उल्लेख गरेका छन् । उनले राज्यले कमजोर वर्गको आवाज नसुन्ने र विस्थापितहरूलाई सम्मानजनक पुनस्र्थापना नगर्ने हो भने साहित्यमा चित्रित कथा वर्तमान यथार्थमा परिणत हुने चेतावनी दिएका छन् ।

पछिल्ला दिनमा बालेन साह नेतृत्वको सरकारले सुकुम्बासी बस्ती हटाउने नाममा राज्यका तर्फबाट भएका ज्यादतीलाई लिएर सुकुम्बासी व्यवस्थापन र पुनस्र्थापनाको विषयमा पुनः बहस सुरु भएको छ । यस क्रममा हजारौं सुकुम्बासी विस्थापित भएका छन् भने दुई जनाले आत्महत्या समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *