स्कार्पियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं : झापाको मेचीनगर नगरपालिका–१२ सरेडाँगीमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ।

इलामबाट चारआलीतर्फ आउँदै गरेको स्कार्पिओ गाडीले आइतबार साँझ पैदल हिँडिरहेका अन्दाजी ४५–४६ वर्षका पुरुषलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। ठक्करबाट गम्भीर घाइते भएका ती पुरुषलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याइएको थियो। तर, साँझ ८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनापछि फरार भएका स्कार्पियो चालकलाई खोजतलासका क्रममा राति साँढे १० बजे इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ। ठक्कर दिने गाडी  मे.१ च. ६१३१ नम्बरको स्कार्पियो र त्यसका चालक झापा हल्दिबारी गाउँपालिका–१ का ४८ वर्षीय गजेन्द्रबहादुर बिष्टलाई नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाउने पुरुषको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *