सुनको मूल्य स्थिर, चाँदीको सामान्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो।

यस्तै चाँदीको मूल्य भने सामान्य बढेको छ।  आइतबार तोलामा २ हजार २९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार रु ५ बढेर तोलामा २ हजार २९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *