
पर्सा, साउन २१। पर्साको ठोरी गाउँपालिका–२ सुन्दरबस्तीका ४६ वर्षीय अशोक साहलाई ११ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।प्रहरीका अनुसार साउन २१ गते बिहान करिब १० बजे बाख्रा चराउने क्रममा बालिकालाई रु. १० नोट देखाई प्रलोभनमा पार्दै ठोरी गाउँपालिका–२ स्थित जंगलमा लैजाई जबरजस्ती करणी गरिएको पीडित पक्षको जाहेरीका आधारमा अनुसन्धान थालिएको हो।घटनापछि सोही दिन दिउँसो करिब ३ बजे प्रहरीले अशोक साहलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सा ल्याएको जनाएको छ।यस सम्बन्धमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साउन २२ गते सम्मानित पर्सा जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।
