नाडा अटो शो २०२५ अवलोकनका लागि सभामुखलाई निमन्त्रणा

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म आयोजना हुने ‘नाडा अटो शो २०२५’ मा सभामुख देवराज घिमिरेलाई विशेष निमन्त्रणा गरेको छ। नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीको नेतृत्वमा गएको टोलीले सभामुखलाई भेटी औपचारिक निमन्त्रणा प्रदान गरेको हो। सो टोलीमा कोषाध्यक्ष मिलनबाबु मल्ललगायत पदाधिकारीहरूको समेत सहभागिता थियो।

नाडाले यस वर्षको अटो शोलाई नेपालकै अहिलेसम्मको सबैभन्दा ठूलो र ऐतिहासिक अटो प्रदर्शनीका रूपमा आयोजना गर्ने तयारी गरेको जनाएको छ। प्रदर्शनीमा विभिन्न ब्रान्डका अत्याधुनिक सवारीसाधन, अटो पार्ट्स तथा प्रविधिहरू प्रदर्शनीमा राखिनेछ, जसले अटोमोबाइल क्षेत्रलाई अझ सशक्त बनाउन सहयोग गर्ने नाडाको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *