
वीरगञ्ज ।राष्ट्रिय निजि तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (NPABSAN) पर्साले निजि विद्यालयसँग सम्बन्धित कानुनलाई संशोधन र एकीकरण गर्ने उद्देश्यले बनेको “विधेयक–२०८०” लाई अस्वीकार गर्ने निर्णय गरेको छ ।प्याब्सनले विज्ञप्तिमार्फत प्रस्तावित विधेयक विद्यालय शिक्षा र निजी लगानीप्रति अपत्यारपूर्ण भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ । उक्त विधेयक तत्काल फिर्ता गरी सरकारले सरोकारवालासँग सहमति जुटाएर मात्र अघि बढाउनुपर्ने माग एशोसिएसनले गरेको छ ।यसै सन्दर्भमा, पर्सा जिल्लामा निजि विद्यालयहरूको आन्दोलनलाई सशक्त बनाउन 2082 साल भदौ 5 गते शुक्रबारदेखि सुरु हुने ९ औं जिल्ला तथा दोस्रो नगर अधिवेशन स्थगित हुने भएको छ । अधिवेशनबारे अन्य सूचना केन्द्रिय समिति र जिल्ला संस्थाका पदाधिकारीसँगको सल्लाहअनुसार सार्वजनिक गरिने बताइएको छ ।पत्रमा केन्द्रीय कार्यकारी सदस्य तथा वरिष्ठ उपाध्यक्ष रामनिवास जयसवालले हस्ताक्षर गर्दै सबै सरोकारवालालाई आवश्यक सहयोग र ऐक्यबद्धताको लागि आग्रह गरेका छन् ।
