टीका लगाउने शुभसाइत बिहान ११:५३ बजे तय

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको विजया दशमी (दशैं) टीका तथा देवी विसर्जनका शुभसाइत सार्वजनिक गरेको छ । समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालका अनुसार असोज १६ गते बिहीबार टीका लगाउने शुभसाइत बिहान ११:५३ बजे तय गरिएको छ ।


त्यसैगरी, देवी विसर्जनको शुभसाइत बिहान ९:२३ बजे रहेको समितिले जनाएको छ । टीका लगाउन जाने तथा माग्न जाने कार्य शुभसाइत अनुसार सम्पन्न गर्न र टीका लगाइ सकेपछि पूर्व फर्कनुपर्ने पनि समितिले जानकारी दिएको छ ।
दशैं टीका र देवी विसर्जनका साइत निर्धारणसँगै देशभरका परिवारहरूमा अब उल्लासपूर्वक पर्व मनाउने तयारी तीव्र बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *