फेसबुकमा रास्वपालाई भोट माग्ने प्रहरीलाई कारबाही !

काठमाडौं । सामााजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भोट मागेपछि एक प्रहरीमाथि कारबाही प्रक्रियाअघि बढाइएको छ । पर्सामा कार्यरत प्रहरी हवल्दार श्यामनारायण पटेललाई कारबाही प्रक्रियाअघि बढाइएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार पटेलले राजनीतिक दलको प्रचार गर्दै भोट मागेका थिए । सञ्जालमार्फत भोट मागेको पाइएपछि विभागीय कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा झिकाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *