११ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ११ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ११ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ । मंगलबार ३ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी आज ५० रुपैयाँले बढेर ५ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *