माथिल्लो तहका नेताबाटै घृणायुक्त अभिव्यक्ति दिइयो : योगेश भट्टराई

काठमाडौँ । फागुन २१ को निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि एमाले नेताहरू एकअर्काविरूद्ध आक्रोश र आलोचना गर्न थालेका छन् । आलोचना र आरोप प्रत्यारोपमा अध्यक्ष ओली निकट नेता कार्यकर्ताहरू नेतृत्वको बचाउमा सहभागी छन् भने इतर पक्षका नेताहरू अध्यक्ष ओलीसहितको वर्तमान नेतृत्वले पराजयको नैतिक जिम्मा लिनुपर्ने बताइरहेका छन् ।

यसै क्रममा उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका नेताहरू नै आफूविरूद्ध घृणायुक्त अभिव्यक्ति दिनुका साथै मिथ्या सूचना फैलाउने काममा लागेको सार्वजनिक रूपमै गुनासो गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उपमहासचिव भट्टराईले अध्यक्ष पितृशोकमा रहेकाले एक अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति अशोभनीय हुने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *