प्रधानमन्त्री कार्कीले आफ्नै स्वकीयलाई दिएको नियुक्ति १०० प्रतिशत गलत : महावीर पुन

काठमाडौं । नवनिर्वाचित सांसद तथा पूर्वमन्त्री महावीर पुनले प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई नियुक्त गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै सच्याउन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै पुनले उक्त नियुक्ति सय प्रतिशत गलत भएको बताए ।

‘प्रधानमन्त्रीज्यूले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखको पदमा आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई गरेको नियुक्ति १०० प्रतिशत गलत हो,’ पुनले लेखेका छन्, ‘आदर्श भाइ, प्रधानमन्त्रीज्यूको इज्जत धुलोमा नमिसियोस् भन्नाको खातीर त्यो पद नलिउ । त्यति सानो लोभले प्रधानमन्त्रीज्यूले कमाउनु भएको ऐतिहासिक इज्जत कृपया धुलोमा नमिलाई देउ ।’

यस्तै, उनले नातावाद र कृपावादका कारण पुराना दलहरू कमजोर बनेको उल्लेख गर्दै यस्तै अभ्यास दोहोरिए नयाँ दलहरू पनि भविष्यमा कमजोर बन्नसक्ने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *