देश ट्युक्राउन खोज्ने चन्दन सिंह र काठमाडौंका सिडिओ इश्वर राज पोख्रेलको लागुऔसध ब्युरोमा चलखेल

काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरो मा प्रभाव र चलखेल भएको आरोपसहित एउटा लागुऔषध बरामद प्रकरण विवादमा परेको छ। बरामद गरिएको ‘ब्राउन सुगर’ सम्बन्धी घटनामा मुख्य आरोपी भनिएका व्यवसायी कुन्दन सिंहलाई हाजिरी जमानीमा छुटाइएको र अन्य निर्दोष व्यक्तिलाई फसाउने प्रयास भएको दाबी गरिएको हो।


जानकारी अनुसार काठमाडौंस्थित राज एन्ड रिवाज सप्लायर्स नामक कार्यालयबाट गत पुस ११ गते ब्राउन सुगरसहित केही बाकस ट्याब्लेट र ब्राउन सुगर जोख्ने काटा बरामद गरिएको थियो। बरामद गरिएको पदार्थ प्रयोगशालामा परीक्षण गर्दा शुद्ध ब्राउन सुगर भएको पुष्टि भएको स्रोतको दाबी छ।
तर उक्त घटनाको भोलिपल्ट पुस १२ गते शनिबार कृष्ण कोइराला (एसएसपी) को निर्देशनमा र ईश्वर राज पोखरेल (काठमाडौंका प्रमुख जिल्ला अधिकारी) को जिम्मामा कुन्दन सिंहलाई हाजिरी जमानीमा छोडिएको आरोप लगाइएको छ।
आरोप लगाउने पक्षका अनुसार घटनाको फाइल अगाडि नबढाई दबाउने प्रयास भइरहेको छ। फागुन ३० गतेसम्म पनि अनुसन्धान प्रक्रिया प्रभावकारी रूपमा अघि नबढेको भन्दै प्रश्न उठाइएको छ।


यसैबीच, सोही घटनासँग जोडेर रिकेश शाहीलाई पुस १५ गते हिरासतमा लिइएको बताइएको छ। तर उनीमाथि लागुऔषध मुद्दा नचलाई ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा चलाइएको आरोप छ।
उता नेपाल प्रहरी अन्तर्गतको लागुऔषध नियन्त्रण ब्युरोले भने शाहीको घर तथा कार्यालयबाट कुनै पनि प्रतिबन्धित पदार्थ बरामद नभएको लिखित जवाफ दिएको बताइएको छ।
प्रकरणबारे निष्पक्ष छानबिन हुनुपर्ने माग उठिरहेको छ। आरोपित पक्षले भने यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *