एमालेका नवनिर्वाचित सांसदलाई च्यासल डाकियो

काठमाडौं । नेकपा (एमाले) का नवनिर्वाचित सांसदहरूलाई पार्टी मुख्यालय च्यासलमा बोलाइएको छ । आज शपथलगत्तै ३ बजे सांसदहरूलाई पार्टी कार्यालयमा बोलाइएको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई विशेष निर्देशन दिने बताइएको छ । प्रतिनिधिसभा चुनावमा एमालेबाट प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी २५ जना सांसद निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *