रौतहट । भारतीय सीमा सुरक्षा बल एसएसबीले बारा सङ जोडिएको नेपाल भारत सीमा क्षेत्रमा ठुलो परिमाणमा कोडिनयुक्त (मनोप्रभावी) लागूऔषध ओनेरेक्स कफ सिरपसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ। शनिवार साँझ करिब ७:४५ बजे प्राप्त सूचनाका आधारमा सशस्त्र सीमा बल (एसएसबी) ७१ बटालियन मोतिहारीको ‘बी’ कम्पनी महुआवाले छौदादानो थाना सँग संयुक्त अपरेसन सञ्चालन गरेको थियो।
उक्त अपरेसनका क्रममा बीआर २२ जीसी ७३८२ नम्बरको टाटा एस गोल्ड सवारीसाधनबाट ओनेरेक्स कफ सिरप बरामद गरिएको एसएसबी मुख्यालय पिपराकोठिका सहायक कमाण्डेन्ट बिश्वजित तिवारीले बताएका छन् । तिवारीका अनुसार गाडिबाट १०० एमएलको ८४० फाईल ओनोरेक्स सिरप बरामद भएको छ ।
बरामद सामग्री भारतबाट नेपालतर्फ तस्करी गरी ल्याउँदै गरिएको अवस्थामा फेला परेको जनाइएको छ। उक्त बरामदगी स्थल सीमास्तम्भ (आईएनबी) बीपी नम्बर ३७६ नजिकै, बेला गाउँबाट करिब १० किलोमिटर दूरीमा पर्दछ।
घटनामा एक भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा भारत पश्चिम चम्पारण जिल्लाका ३५ वर्षीय जन्मेजय कुमार मिश्र र नेपाल बारा जिल्ला कबहिगोठ ३ जमुनिया गाउँका ५० वर्षीय रमेश प्रसाद रहेको एसएसबी मुख्यालय पिपराकोठिका प्रवक्ता विनीत कुमार सिंहले जानकारी दिएका छन् ।
बरामद गरिएको लागूऔषध र पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि छौडादानो थानामा बुझाइएको एसएसबीले जनाएको छ।
